टिकटक बनाउने क्रममा लडेर एक जनाको मृत्यु

बाइलाइन नेपाल
२४ बैशाख २०७८, शुक्रबार १७:१३

उदयपुर । उदयपुरमा टिकटक बनाउने क्रममा लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान–५ का १८ वर्षीय सुभास परियार रहेका छन् । उदयपुरको कटारी नगरपालिका–११ हर्देनी भिरमाथि टिकटक बनाउने क्रममा लडेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

धरानबाट ओखलढुङगातर्फ जाँदै गरेको ना१च ३३७० नम्बरको सुमो आज बिहान पौने १० बजे हर्देनी भिरमाथि सडकमा बिग्रिएको थियो । सोही सुमोमा सवार रहेका परियार सुमोबाट ओर्लिएर टिकटक बनाउने क्रममा भिरबाट लडेर गम्भीर घाइते भएकोमा उपचारको लागि कटारी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थलमा खटिएको प्रहरी टोलीले यस विषयमा थप अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*