आज मकवानपुरमा ११४ जनालाई कोरोना पुष्टि
हेटौंडा । मकवानपुरमा आज ११४ जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि हुनेहरु अधिकांश हेटौंडा उपमहानगरपालिका क्षेत्रका रहेका छन् ।
यही २२ र २३ गते संकलन गरिएको १७४ जनाको स्वाब परीक्षण गर्दा ११४ जनामा संक्रमण पुष्टि भएको जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईंले जानकारी दिए । उनका अनुसार हेटौंडा ४ मा २८ जना, हेटौंडा–९ मा १८ जना, हेटौंडा–५ मा १५ जना, हेटौंडा–२ मा १३ जना, हेटौंडा–१० मा १० जना संक्रमित भेटिएका छन् ।


बाइलाइन नेपाल











