आफैँले पढाउने छात्रालाई बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

बाइलाइन नेपाल
२४ बैशाख २०७८, शुक्रबार ११:४१
Stop abusing boy violence. child bondage in angle image blur , Human Rights Day concept.

काठमाडौँ– आफैँले पढाउने विद्यार्थीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक शिक्षकलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार दोलखा भीमेश्वर नगरपालिका–९ घर भई गोरखाको आरुघाटस्थित नेपालिज एडभान्स बोर्डिङ स्कुलमा पढाउँदै आएका शिक्षक २९ वर्षीय शम्भु लामा पक्राउ परेका हुन् ।

महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहका अनुसार १४ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा उनलाई काठमाडौँको सुन्धारास्थित ढोरपाटन गेस्ट हाउसबाट पक्राउ गरिएको हो । उनले आफैँले पढाउने स्कुलका बालिकालाई ललाइफकाइ गोरखाबाट काठमाडौँ ल्याएर होटलमा राखेर बलात्कार गरेको प्रहरीको दाबी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*