बुटवलमा एक जनप्रतिनिधिको अस्पतालको शय्या नपाएर एम्बुलेन्समै मृत्यु

बाइलाइन नेपाल
२४ बैशाख २०७८, शुक्रबार ११:३१

बुटवल उपमहानगरपालिका– ७ का वडा सदस्य नवीन थापामगरको अस्पतालमा शय्या खोज्दाखोज्दै एम्बुलेन्समा नै गएराति मृत्यु भएको छ ।

नेकपा एमालेको वडाअध्यक्षसमेत रहेका ४४ वर्षीय थापा ७ दिनअघि कोरोना पोजिटिभ भएपनि बेड अभावका कारण होम आइसोलेसनमा थिए । तीन दिनअघि शय्या खोज्दा नपाएपछि घरमै अक्सिजन लिएर राखिएको थियो ।

समस्या बढेपछि भैरहवामा अस्पताल लैजान खोज्दा गर्दा एम्बुलेन्समै मृत्यु भएको वडाध्यक्ष कमल प्रताप थापाले बताए ।

उनले भैरहवा गएर विभिन्न अस्पतालमा राख्ने कुरा गर्दा-गर्दै एम्बुलेन्समा सास गएको रातोपाटीलाई बताए ।

यसअघि,बुटवलमा एक जना वडा सचिवको पनि यसै गरी ज्यान गएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*