त्रिवि शिक्षण अस्पतालमा कोभिड संक्रमितको चाप बढ्दै

बाइलाइन नेपाल
२३ बैशाख २०७८, बिहीबार १७:०९

सरकारले कोभिड उपचारका लागि तोकेको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा कोभिड संक्रमितहरुको चाप बढ्दै गएको छ ।

कोभिड १९ संक्रमणको दोश्रो लहर देखिए लगत्तै संक्रमित हुनेको संख्या पनि बढ्दै जाँदा अस्पतालमा संक्रमितहरुको चाप थपिएको हो । अस्पताल प्रशासनले पछिल्ला केही दिन यता अस्पतालमा संक्रमितको चाप बढ्दै गएको र विहिबार अन्य दिनको तुलनामा बढी भएको जनाएको छ ।

विशेष गरेर काठमाण्डौ उपत्यकामा तुलनात्मक रुपमा संक्रमितको संख्या बढी हुनु र कोभिडको पछिल्लो भेरियन्टको संक्रमणको लक्षण अलि जटिल किसिमको देखिने गरेकाले पनि पछिल्ला दिनमा अस्पतालमा भीड बढ्न थालेको छ ।

साथै सरकारले कोभिडको उपचारका लागि स्वीकृत दिएका निजी अस्पतालले चर्को शुल्क लिन थालेपछि सर्वसाधारण संक्रमितको चाप सरकारी अस्पतालमा बढेको हो । निजी अस्पतालको शुल्क र उपचारका बारेमा अनुगमन गर्न गृहमन्त्रालयका सहसचिवको नेतृत्वमा अनुगमन समिति गठन भएको भएपनि सो समिति सक्रिय हुन नसक्दा नीजि अस्पतालले संक्रमितको उपचारमा मनलाग्दी शुल्क लिदै आएका छन् ।

निजी अस्पतालहरूको मनोमानी शुल्क लिने प्रवृत्तिका कारण पनि शिक्षण अस्पतालको अतिरिक्त अन्य सरकारी अस्पतालमा संक्रमितहरुको चाप बढ्दै गएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*