अक्सिजन र अक्सिजन सिलिन्डर लुकाउनेलाई सरकारले कारवाही गर्ने

बाइलाइन नेपाल
२३ बैशाख २०७८, बिहीबार १५:०२

काठमाडौं— सरकारले कोरोनाभाइरस कोभिड—१९ संक्रमितको उपचारको लागि अत्यावश्यक पर्ने अक्सिजन तथा अक्सिजन सिलिन्डर लुकाउनेलाई संक्रामक रोग ऐन, २०२० अनुसार कारवाही गर्ने चेतावनी दिएको छ ।

नेपाल सरकारको निर्णय विपरित उद्योगभन्दा अक्सिजन तथा अक्सिजन सिलिन्डर प्रयोग गरेको पाइएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ती जारी गरेको छ ।

ठूलो परिमाणमा अक्सिजन सिलिन्डर खाली राख्ने वा भरेर भण्डारण गरेर राख्ने गरेको पाइएकोले उद्योग व्यवसायी तथा सरोकारवालाले यस्ता अक्सिजन सिलिन्डर अस्पतालमा उपलब्ध हुने गरी फिर्ता गरिदिन मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीद्वारा जारी गरिएको विज्ञप्तीमा उल्लेख छ ।

यस्तै, सिलिन्डर​हरु भरी नेपाली नागरिकहरुको ज्यान बचाउनका लागि अस्पतालहरुमा उपलब्ध गराइदिन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ । नेपाल सरकारको निर्णयलाई उल्लंघन गर्ने उद्योग व्यवसायलाई कारवाही गर्ने मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*