खैरो हेरोइनसहित नेपालगञ्जबाट २ जना पक्राउ

बाइलाइन नेपाल
२३ बैशाख २०७८, बिहीबार १२:३६

बाँकेको नेपालगञ्ज उप–महानगरपालिका–१५ स्थित हड्डी चोकबाट प्रहरीले खैरो हेरोइनसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा १८ वर्षका दुई किशोर छन् । बालिग नभएको हुनाले प्रहरीले उनीहरुको नाम सार्वजनिक गरेका छैन् । उनीहरुको साथबाट ११ ग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

भारतबाट उनीहरुले सो हेरोइन ल्याएका हुन् । जमुनाहा नाकामा चेकजाँच गर्दा उनीहरुको साथमा लागुऔषध फेला परेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*