हेटौंडामा निषेधाज्ञा अवज्ञा गर्ने १९ मोटरसाईकल र ५ पसले प्रहरी नियन्त्रणमा

बाइलाइन नेपाल
२३ बैशाख २०७८, बिहीबार १२:०३
फाइल तस्वीर

हेटौंडा । मकवानपुर प्रहरीले हेटौंडामा निषेधाज्ञा अवज्ञा गर्ने १९ वटा मोटरसाईकल र ५ पसलेलाई नियन्त्रणमा लिएको छ । २० गतेबाट जारी भएको निषेधाज्ञाको तेस्रो दिन बिहान ११ बजसम्म प्रहरीले १९ वटा मोटरसाईकल र ५ पसले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ । प्रहरीले उनिहरुलाई हेटौंडाको विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रशासन कार्यलय मकवानपुरले निषेधाज्ञामा अनुमति प्राप्त सवारी र व्यवसाय संचालनलाई निश्चित समय सम्म अनुमति दिएको छ । प्रशासनले कोरोना संक्रमणको जोखिम बढेको भन्दै निषेधाज्ञा क्षेत्रमा अत्यावश्यक उपभोग्य वस्तु खाद्यान्न, पानी, दूध, माछा, मासु, अण्डा, फलफूल तथा तरकारी पसल बिहान ५ बजे देखि बिहान ८ बजे सम्म मात्र विक्री वितरण गर्न समय दिएको छ । यसैगरि प्रशासनले औषधी पसल, पेट्रोल पम्म, ग्याँस डिपो, अक्सिजन सिलिण्डर पसल, सवारी साधन मर्मत गर्ने तोकिएका वर्कसप नियमित सञ्चालन गर्नुपर्ने र अन्य सबै प्रकारका व्यवसायहरू बन्द गर्नुपेर्न जनाएको छ ।

जिल्ला प्रशासन कार्यलय मकवानपुरको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले गएको २० गतेबाट ३१ गतेसम्म मकवानपरको हेटौंडा उपमहानगरपालिका सहित थाहा नगरपालिका,भीमफेदी गाउँपालिका र मनहरी गाउँपालिकाको पूर्वपश्चिम राजमार्गको दाँयाबाँया ५र५ सय मिटर क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*