कस्तो छ एमाले नेता खनालको स्वास्थ्य अवस्था ?
एमाले वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा सुधार भइरहेको उपचाररत अस्पतालले जनाएको छ ।
पूर्व प्रधानमन्त्री समेत रहेका खनाल थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत छन् ।
खनालमा कोरोना संक्रमण भएपछि शनिवार नर्भिक अस्पतालमा भर्ना भएका थिए । खनाललाई अक्सिजनमा राखेर उपचार जारी राखिएको र स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बाइलाइन नेपाल











