भारतबाट आउनेहरु सिधै घर जान्छन्

बाइलाइन नेपाल
२१ बैशाख २०७८, मंगलवार १५:२५

विभिन्न नाका हुँदै भारतबाट घर आउने गुल्मेलीहरु सिधै घर जाने गरेको पाइएको छ । कुनै पनि पालिकामा सामुदायिक क्वारेन्टिन सञ्चालन नहुँदा भारतबाट आउनेहरु सोझै घरमै पुग्ने गरेका हुन् ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सामुदायिक क्वारेन्टिन सञ्चालन नहुँदा भारतबाट आउनेहरुलाई समुदायमा पुग्नबाट रोक्न नसकिएको बताइन् ।

मंगलबार दिउँसो २ बजेसम्म स्वास्थ्य कार्यालयले तयार पारेको विवरणअनुसार गुल्मीमा ३०५ जना सक्रिय संक्रमित छन् । त्यसमध्ये रेसुङ्गा नगरपालिका उच्च जोखिममा छ ।

जिल्ला प्रवेश गर्ने नाकामा हेल्थ डेस्क, क्वारेन्टिन जस्ता भौतिक संरचना निर्माण गरी स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन पालिकाहरुले चासो नदेखाउँदा गुल्मीमा समुदायस्तमै संक्रमण फैलिएको देखिन्छ ।

गत वर्ष यस्ता नाकामा क्वारेन्टिन बनाएर बाहिरबाट आउनेलाई अनिवार्य क्वारेन्टिनको व्यवस्था गरिएको थियो । तर संक्रमणको दोस्रो लहर फैलिरहँदा पालिकाहरुले क्वारेन्टिन राख्न चासो देखाएका छ्रैनन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*