हेटौंडा अस्पतालमा थप एक संक्रमितको मृत्यु,आजै दुई पुग्यो

बाइलाइन नेपाल
२१ बैशाख २०७८, मंगलवार १५:११

हेटौंडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान,हेटौंडा अस्पतालको कोभिड कक्षमा थप एक संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बाराका ५९ वर्षीय पुरुष रहेका छन् । यो संगै आज हेटौंडा अस्पतालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ पुगेको जिल्ला जनस्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

यसअधि आजै हेटौंडा-६ की ४१ वर्षीष महिलाको कोरोनाको कारण मृत्यु भएको थियो । यो संगै मकवानपुरमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ४० पुगेको जिल्ला जनस्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

यसैगरि आज मकवानपुरमा थप ७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज ९३ जनाको पिसिआर परीक्षणमा ५७ जना र एन्टीजेन विधिबाट ४२ जनामा गरिएको परीक्ष्णमा १९ जनामा गरी थप ८४ जनामा कोरोना पुष्टि भएको जनस्वास्थ्य कार्यलयले जनाएको छ ।

यो संगै मकवानपुरमा आजको दिनमा ७ सय ७२ जना सक्रिय संक्रमित पुगेका छन् । जसमा ७ सय ४० जना संक्रमित घरमा,१९ जना संक्रमित हेटौंडा ६ स्थित गौरिटार आइसोलेसनमा र १३ जना संक्रमित हेटौंडा अस्पतालमा उपचाररत रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*