झापामा निषेधाज्ञा उल्लंघन गर्ने ५९८ सवारी नियन्त्रणमा

बाइलाइन नेपाल
२० बैशाख २०७८, सोमबार १७:१९

प्रहरीले सोमबार झापामा निषेधाज्ञा उल्लंघन गर्ने ५९८ सवारीसाधन नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएका मध्ये ५३६ वटा मोटरसाइकल र ६२ वटा चारपाङ्ग्रे सवारीसाधन रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । कोरोनाको संक्रमण बढेपछि जिल्ला प्रशासन कार्यालयले १९ गते मध्यरातबाट लागु हुने गरि निषेधाज्ञा जारी गरेको छ ।

२६ गते सम्मका लागि जारी गरिएको निषेधाज्ञा अवधिभर जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बरको नीजि तथा सार्वजनिक सवारीसाधन संचालन गर्न दिने भनेपनि आज बिजोर नम्बरको सवारीसाधन संचालन गरेकाले नियन्त्रणमा लिएको ट्राफिक कार्यालयका प्रहरी सहायक निरीक्षक याम खड्काले जानकारी दिए ।

पक्राउ परेका सवारीसाधन चालकलाई कोरोना भाइरस र निषेधाज्ञाको बिषयमा जानकारी गराएर आजै ५ बजेपछि जिम्मा लगाइने उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*