५ सय ५० पत्रकारमा कोरोना संक्रमण, ७ को मृत्यु

बाइलाइन नेपाल
२० बैशाख २०७८, सोमबार १५:५३

नेपालमा ५ सय ५० जना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको नेपाल पत्रकार महासंघले जनाएको छ । यस्तै ७ जनाको मृत्यु भएको छ । महासंघले संक्रमितमध्ये २० जनाको अस्पतालमा उपचार भइरहेको छ भने २ जना पत्रकारको आइसीयुमा उपचार भइरहेको सोमबार एक विज्ञप्तिमार्फत जनाएको छ ।

अग्रभागमा रहेर काम गर्ने पत्रकारहरुको यतिखेर स्वास्थ्य सुरक्षाको विषय चुनौतीपूर्ण बनेको भन्दै महासंघले यो संवेदनशील घडीमा अनेक कठिनाइका बाबजूद कार्यस्थलमा खटिने पत्रकारहरू अझ बढी गम्भीर र सचेत बन्नुपर्नेमा जोड दिएको छ ।

यस्तो विषम परिस्थितिमा आफ्नो पेशागत धर्म निर्वाहका क्रममा संवेदनशील भई पूर्वसतर्कताका सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपाय र मापदण्डहरु अवलम्बन गर्न पनि महासंघले अपील गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*