मकवानपुरमा ६३ जनामा कोरोना संक्रमण पुष्टि

बाइलाइन नेपाल
२० बैशाख २०७८, सोमबार १५:१४

मकवानपुरमा सोमबार ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८८ जनाको स्वाबको नमुना परिक्षण गर्दा बारा जिल्लाका एक जनासहित ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत भोला चौलागाईंले जानकारी दिए ।

संक्रमण पुष्टि हुनेमा १५ देखि ७३ वर्षका ३० जना महिला र ३३ जना पुरुष रहेका छन् ।
चौलागाईंका अनुसार, संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका विभिन्न वडाका ६१ जना, मनहरी गाउँपालिकाका १ जना र बारा जिल्लाका एक जनामा संक्रमण पुष्टि भएको हो ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर–५ मा सबैभन्दा बढी २१ जनामा संक्रमण पुष्टि भएको छ भने हेटौंडा–४ का १३ जनामा संक्रमण पुष्टि भएको छ ।

मकवानपुरमा कोरोना संक्रमणको दर ७१ प्रतिशत रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*