जबरजस्ती करणी गरेको आरोपमा ७० वर्षीय बुद्धिमान पक्राउ

बाइलाइन नेपाल
२० बैशाख २०७८, सोमबार १२:२२

जुम्लामा ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ७० वर्षीय वृद्ध पक्राउ परेका छन् । कनकासुन्दरी गाउँपालिका-१ काभ्रानेटा बस्ने ७० वर्षीय बुद्धिमान बुढालाई प्रहरीले पक्राउ गरेको हो ।

बुद्धिमानले ती बालिकालाई बिहीबार जबरजस्ती करणी गरेको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय जुम्ला र प्रहरी चौकी चौथाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*