हेटौंडा अस्पतालमा थप एक संक्रमितको मृत्यु,२४ घण्टा नपुग्दै ३ जना संक्रमितको मृत्यु
हेटौंडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान,हेटौंडा अस्पतालको कोभिड कक्षमा थप एक संक्रमितको मृत्यु भएको छ । आज बिहान साडे ९ बजे संक्रमितको उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । मृत्यु हुनेमा महोत्तरी जलेश्वर-२ का ५० वर्षीय पुरुष रहेका छन् । उनलाई ६ दिन अघि थप उपचारको लागि हेटौंडा अस्पताल ल्याईको थियो ।
यो संगै २४ घण्टा नबित्दै हेटौंडा अस्पतालमा ३ जना संक्रमितले ज्यान गुुमाएका छन् । यसअधि आज बिहान ६ बजेर २२ मिनेटमा बाराका ४६ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको थियो । यसैगरि गएराति ९ बजेर १७ मिनेटमा हेटौंडा-१ का ५५ वर्षीय पुरुषको मृत्यु भएको थियो ।

बाइलाइन नेपाल











