उपप्रधानमन्त्री पोखरेलद्वारा खनालको स्वास्थ्य अवस्थाबारे जानकारी

बाइलाइन नेपाल
१९ बैशाख २०७८, आईतवार १७:१४

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले आज नेकपा (एमाले) वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । नर्भिक अस्पताल पुगेर उनले नेता खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको उनका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी लिए ।

कोभिड–१९ सङ्क्रमण देखिएपछि नेता खनाल शनिबार अस्पतालमा भर्ना भएका थिए । उनलाई शनिबार साँझदेखि नै अक्सिजनको सहयोगमा उपचार शुरु गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*