जसपाका चार सांसदको रिट दर्ता भएन

बाइलाइन नेपाल
१९ बैशाख २०७८, आईतवार १४:४२

काठमाडौं । सर्वोच्च अदालतले लुम्बिनी प्रदेशका चार जना प्रदेश सभा सदस्यको रिट दर्ता गर्न अस्वीकार गरेको छ ।

प्रदेशसभा सदस्यहरु सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्साल आफुलाई गरिएको कारवाहीको विरुद्ध रिट दर्ता गर्न आइतबार सर्वोच्च अदालत पुगेका थिए । तर, सर्वोच्च अदालतले कोभिड १९ का कारण यसअघि नै बन्दी प्रत्यक्षीकरण र कोरोना बाहेकका सेवा स्थगन गर्ने जनाएकाले चार सांसदको रिट दर्ता नभएको सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिए ।

‘कोरोनाका कारण अरु सेवा स्थगित गर्ने निर्णयअनुसार उहाँहरुको रिट आज दर्ता भएन । पछि आउनुस् भनेर फिर्ता गरिएको छ’, पौडेलले रातोपाटीसँग भने ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*