मकवानपुरमा आज लकडाउन घोषणा गरिँदै

बाइलाइन नेपाल
१८ बैशाख २०७८, शनिबार १३:११

हेटौंडा । मकवानपुरमा पनि लकडाउन घोषणा गरिने भएको छ । आज साँझ लकडाउनको घोषणा गर्ने तयारी भएको जिल्ला प्रशासन कार्यलय मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरत मणी पाण्डेले खबरब्रेकलाई बताए ।

कोरोना संक्रमितको संख्या तिब्र रुपमामा बढ्दै गएको र संक्रमण जोखिमलाई मध्यजनर गर्दै संक्रमण बढ्न नदिन लकडाउन घोषणा गर्न लागिएको प्रमुख अधिकारीले बताए । उनले आज साँझ लकडाउनको घोषणा गरिने तयारी रहेको बताए ।

यसअघि जिल्ला प्रशासन कार्यलय मकवानपुरकाका प्रमुख पाण्डेले जिल्लामा सक्रिय संक्रमित ५ सय नाघेपछि संक्रमण बढ्न नदिन लकडाउन जारी गरिने बताउँदै आएका थिए ।

सक्रिय स्रंक्रमितको संख्या ५ सय नाघ्यो
मकवानपुरमा सक्रिय संक्रमितको संख्या ५ सय नाघेको छ । पछिल्लो २४ घण्टामा २ सय ७४ जनामा गरिएको पिसिआर परीक्षणमा थप १ सय ७७ जनामा कोरोना भए संगै संक्रमितको संख्या ५ सय नाघेको हो । यो संगै मकवानपुरमा सक्रिय संक्रमितको संख्या ५ सय २४ पुगेको हेर्टौंडा अस्पतालमा रहेको कोरोना परीक्षण ल्याबका डाक्टर सागर काफ्लेले जनाकारी दिए ।

केहि बेरअघि हेटौंडा अस्पताल परिसरमा पत्रकारहरु संग कुरा गदै डाक्टर काफ्लले हेटौंडा अस्पतालको कोभिड आईसियूमा १४ जना संक्रमित उपचाररत रहेकोमा आज ४ जना डिस्चार्ज गरिन लागेको बताए । स्वास्थ्यमा सुधार आएसंगै होम आइसोलेसनमा बस्नको लागि डिस्चार्जको तयारी भएको डाक्टर काफ्लेको भनाई छ ।

उनका अनुसार मकवानपुरमा रहेका सक्रिय संक्रमितमा ४ सय ९७ जना घरमै उपचाररत रहेका छन् भने गौरिटार आइसोलेसनमा १३ जना संक्रमित उपचाररत रहेका छन् । मकवानपुरमा कोरोनाबाट हालसम्म ३५ जनाको ज्यान गएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*