बुटवलमा थप दुई जना संक्रमितको मृत्यु

बाइलाइन नेपाल
१८ बैशाख २०७८, शनिबार १०:३९

शनिवार बिहान प्रादेशिक अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

नवलपरासीका एक जना र रुपन्देहीका एक गरी २ जना संक्रमितको बिहान मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा.बिष्णु गौतमले बताए ।

नवलपरासीको रामग्राम नगरपालिका १० की ४५ वर्षिया महिलाको बिहान ४ बजे मृत्यु भएको छ भने रुपन्देहीको शुद्धोधन गाउँपालिका ५ का ५५ वर्षिय पुरुषको आज बिहान ५ः४५ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डाक्टर बिष्णु गौतमले जानकारी दिए ।

वैशाख १३ गते संक्रमण पुष्टि भएका उनीहरु १६ गते देखि त्यस अस्पतालमा भर्ना भई उपचार गराई रहेका थिए ।

यो सँगै अस्पतालमा मृत्यु हुनेको संख्या १ सय ९२ जना पुगेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*