हेटौँडा अस्पताल सञ्चालन समितिको सदस्यमा चौँलागाई र तामाङ

बाइलाइन नेपाल
१७ बैशाख २०७८, शुक्रबार १४:३५

हेटौँडा /मदन भण्डारी स्वास्थ्य विज्ञापन प्रतिष्ठान हेटौँडा अस्पताल सञ्चालन समितिको सदस्य चौँलागाई र तामाङ नियुक्त भएकम छन् । वागमती प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा १० वर्ष भन्दा बढि समय काम गरेका हेटौँडा उपमहानगरपालिका वडा नंबर ६ का चौँलागाई र कर्मचारीको तर्फबाट तामाङलाई नियुक्त गरेको हो ।

मेडिकल ल्याव एशोसियसन अफ नेपाल (मेलान) का केन्द्रीय कोषाध्यक्ष समेत रहेका चौँलागाई विगत डेढ दशक भन्दा लामो समयदेखि स्वस्थ्य क्षेत्रमा सक्रिय रहेका छन् । सदस्यमा नियुक्त भएपछि खबरब्रेकलाई प्रतिक्रिया दिँदै चौँलागाईले आफुहरुको कार्यकालमा हेटौँडा अस्पताललाई थप विकास गरिने बताए ।
अस्पतालमा बिरामीको लागि अत्यावश्यक सेवाहरुको विस्तार गर्ने, जटिल रोगको समेत उपचार हुनेगरि प्रविधि र दक्ष चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको ब्यवस्थापन गर्ने लगाएतको कार्यत्रहरु आफुहरुले गर्ने उनको भनाई रहेको छ । सञ्चालन समितिको कार्यकाल ४ वर्षको हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*