हेटौँडामा भेन्टिलेटर र आइसियु कक्षको सुरुवात, आजैबाट बिरामीले सेवा पाउने

बाइलाइन नेपाल
१७ बैशाख २०७८, शुक्रबार १३:२५

हेटौँडा । मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा हेटौँडा अस्पतालमा स्थापना गरिएको आईसियू र भेन्टिलेटर कक्षको आज शुभारम्भ भएको छ । कोभिड–१९ को बिरामीको उपचारमा सहजता ल्याउनको लागि आजैबाट २० बेडको आइसियु र ६ वेडको भेन्टीलेटरको शुरुवात भएको हो । कोरोना भाईरसको दोश्रो लहर प्रारम्भ भएपछि विरामीहरुलाई आइसियु र भेन्टीलेटका् आवश्यक्ता बढदैक गएको भन्दै प्रतिष्ठानले आजैबाट अत्याधुनिक सेवा सहितको आइसियु र भेन्टीलेटर बेर्डको सुरुवात गरेको हो । आज प्रतिष्ठान अन्र्तगत हेटौँडा अस्पतालमा पुगेर मुख्यमन्त्री डोरमणी पौडेलले सेवाको शुभारम्भ गरेका हुन् ।

शुभारम्भपछि बोल्दै मुख्यमन्त्री डोरमणी पौडेलले कोभिड–१९ का बिरामीहरुको उपचार सेवालाई गुणस्तरीय प्रभाबकारी बनाउन अस्पतालका चिकित्सकहरुलाई निर्देशन समेत दिए । उक्त आईसियू र भेन्टिलेटर कक्षमा आज दिउँसो १ बजेबाट बिरामीहरु भर्ना गरी उपचार सेवालाई निरन्तरता दिने हेटौँडा अस्पतालले जनाएको छ ।

हेटौँडा अस्पताल कोभिड–१९ का संक्रमण बिरामी उपचार कक्षका चिकित्सक डा। सागर काफ्लेका अनुसार, यसअघि नै हेटौँडा अस्पतालको कक्षमा कोभिड–१९ संक्रमित बिरामीहरुलाई उपचार गर्न १० वटा आइसियू बेर्डको स्थापना गरी ती बिरामीहरुलाई चिकित्सकहरुद्वारा उपचार सेवा प्रदान गरिरहेको छ ।

हेटौँडा अस्पतालको हाताभित्रै कोभिड–१९ का संक्रमित बिरामीहरुको पहिचान गर्न प्रयोगशालाको पनि स्थापना गरी दैनिक ७० देखि १६० जनासम्मको स्वाब संकलन गरी परीक्षण गर्ने गरिएको हेटौँडा अस्पतालका प्रमुख चिकित्सक डा. प्रविण श्रेष्ठले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*