बलात्कार गरेको आरोपमा भारतीय किशोर पक्राउ

बाइलाइन नेपाल
१७ बैशाख २०७८, शुक्रबार १३:१९

भक्तपुरमा एक किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले भारतिय किशोरलाई पक्राउ गरेको छ ।महानगरीय प्रहरी परिसर खरिपाटीबाट खटिएको टोलीले भारतको मोतिहारी घर भएका १९ वर्षीय जितेन्द्र कुमार महतोलाई पक्राउ गरेको हो ।

चाँगुनारायण नगरपालिका–६ स्थित छालिङमा बस्ने किशोरले १६ वर्षीया किशोरीलाई बलात्कार गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । महतोले किशोरीलाई उनकै कोठामा गएर बलात्कार गरेको किशोरीका परिवारले दावी गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*