काठमाडौंको बौद्धमा शव फेला

बाइलाइन नेपाल
१७ बैशाख २०७८, शुक्रबार १२:५९

काठमाडौंको बौद्धस्थित फूलबारीमा एक पुरुषको शव फेला परेको छ । ५६ वर्षीय छिरिङ कुमार लामा मृत अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश कुमार बस्नेतले जानकारी दिए ।

काठमाडौं महानगरपालिका–६ स्थित धाराटोल घर भएका लामाको शव कानबाट रगत बगेको अवस्थामा भेटिएको छ । बिहीबार बिहान निस्केका लामा साँझ घर फर्केका थिएनन् ।

मदिरा सेवनको लत लागेका लामाको शव फूलबारी स्थित खाली रहेको जस्ताको छाप्रोमा फेला परेको हो । उनको शव पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको एसपी बस्नेतले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*