रुपन्देहीको सैनामैनामा कोरोना विशेष अस्पताल सञ्चालन

बाइलाइन नेपाल
१६ बैशाख २०७८, बिहीबार १६:०३

रुपन्देहीमा कोरोना संक्रमितको संख्या दैनिक वृद्धि हुन थालेपछि सैनामैनामा कोरोना विशेष अस्पताल सञ्चालमा ल्याइएको छ । सैनामैना नगरपालिका–१, वनकट्टास्थित पदमपाणि योग तथा प्राकृतिक चिकित्सालयको भवनमा कोभिड अस्पताल सञ्चालनमा ल्याइएको हो । सरकारीस्तरमा बुटवल धागो कारखाना र भैरहवाको भिम अस्पतलमा कोरोना संक्रमितहरुको उपचार भइरहेको छ ।

सैनामैनामा नयाँ अस्पताल सञ्चालन भएसँगै बुटवलमा बेड नपाएका बिरामीहरुको उपचारमा सहज हुने अपेक्षा गरिएको छ । बिहीबार कोरोना विशेष अस्पताल शुभारम्भ गर्दै लुम्बिनी प्रदेशसभा सदस्य भूमिश्वर ढकालले स्थानीय तहमा कोरोना संक्रमितको उपचार गर्ने अस्पताल बनाउँदा जहाँका बिरामी हुन्, त्यहीँ उपचार गर्न सक्ने अवस्था ल्याउनुपर्ने बताए ।

नयाँ भेरिएन्टको कोरोना भाइरस तीव्र गतिमा फैलिरहेकाले सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गर्न उनले सबैलाई आग्रह गरे । अस्पतालमा हाल तीनवटा मोनिटरयुक्त बेड, पाँचवटा अक्सिजनयुक्त बेड र ४५ वटा आइसोलेसन बेड रहेको प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए ।

अहिले अस्पतालमा एकजना विशेषज्ञ डाक्टर, एकजना हेल्थ असिस्टेन्ट, दुईजना स्टाफ नर्स, चारजना अनमी र एकजना अहेव कार्यरत छन् । नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले अस्पतालमा ३० वटा अक्सिजन सिलिण्डर, एउटा एक्सरे, तीन वटा प्यारामिटर थप भएमा ५० वटा बेडमै संक्रमितलाई सहज तरिकाले उपचार गर्न सकिने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*