एकै परिवारका ७ जना कोरोना संक्रमित, एकको मृत्यु

बाइलाइन नेपाल
१६ बैशाख २०७८, बिहीबार १५:५७

सुनसरीको इनरुवाका एकै परिवारका ७ जना सदस्य कोरोना संक्रमित भएका छन्। इनरुवा नगरपालिका–३ का एक परिवारका सबै सदस्य कोरोना संक्रमित भएका हुन्। संक्रमित मध्ये बुधबार होम आइसोलेसनमा बसेकी वृद्धाको मृत्यु भएको छ ।

कोरोना पोजेटिभ देखिएपछि होम आइसोलेसनमा बसेकी ८४ वर्षीय वृद्धाको मृत्यु भएको वडा अध्यक्ष कालुराम गुरुङले जानकारी दिए।

गुरुङका अनुसार नोबेल मेडिकल कलेजमा पिसिआर जाँच गर्दा ८४ वर्षीय वृद्धासँगै परिवारका सबै सदस्यलाई कोरोना देखिएको थियो । घरमा बसेकी वृद्धाको बुधबार बेलुका मृत्यु भएको हो ।

वृद्धाका छोराको स्वास्थ्यमा पनि गम्भीर समस्या देखिएका पछि अस्पतालमा भर्ना गरिएको छ । वडा अध्यक्ष गुरुङले गम्भीर समस्या देखिएकाको विराट मेडिकल कलेजको कोभिड युनिटमा अहिले उपचार भईरहेको छ ।उनका अनुसार परिवारका पाँच सदस्य भने होम आइसोलेसनमै छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*