कोरोनाबाट २४ वर्षीय पुरुषको मृत्यु

बाइलाइन नेपाल
१६ बैशाख २०७८, बिहीबार १५:३०
फाइल फोटो

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत सप्तरीका एक युवकको कोरोना सङ्क्रमणका कारण आज मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि गत सोमबार अस्पताल भर्ना भएका सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका–५ का २४ वर्षीय सङ्क्रमित पुरुषको मृत्यु भएको गाउँपालिका अध्यक्ष परशुराम चौधरीले जानकारी दिए ।

ती युवक एक साताअघि नै भारतको दिल्लीबाट फर्किएको र उपचारका क्रममा मृत्यु भएको र आजै शवको व्यवस्थापन गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*