दुई फरार प्रतिवादी एकै दिन पक्राउ

बाइलाइन नेपाल
१६ बैशाख २०७८, बिहीबार १५:२४

प्रहरीले बर्दियामा विभिन्न मुद्दाका दुई फरार प्रतिवादीलाई पक्राउ गरी अदालतमा बुझाएको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार २०७६ फागुन ७ गते जिल्ला अदालतको फैसलाले घरेलु हिंसा मुद्दामा जरिवाना तोकिई फरार रहेका बर्दिया, बढैयाताल निवासी रामलाल थारुलाई बिहीबार पक्राउ गरिएको हो ।

३५ वर्षीय थारुलाई इलाका प्रहरी कार्यालय मैनापोखरको टोलीले नियन्त्रणमा लिई जिल्ला अदालत गुलरियामा बुझाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

यस्तै, जिल्ला अदालतको २०७० असार २३ गतेको फैसलाले जारी मुद्दामा जरिवाना तोकिई फरार रहेका बढैयाताल निवासी ४६ वर्षीय जयबहादुर थारुलाई पनि प्रहरीले बिहीबार नै पक्राउ गरेको छ । उनलाई पनि जिल्ला अदालतमा बुझाइएको प्रहरीले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*