मनहरी,थाहा र हेटौंडाका थप १६ जनामा कारोना

बाइलाइन नेपाल
१६ बैशाख २०७८, बिहीबार १४:४५

हेटौंडा । मकवानपुरमा थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आज ५५ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा थप १६ जनामा संक्रमण देखिएको जिल्ला जनस्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । आज पुष्टि हुनेमा सबैभन्दा बढी मनहरी गाउँपालिकाका रहेका छन् । यसैगरी ७ जना थाहा नगरपालिकाका र एक जना हेटौंडा उपमहानगरपालिका रहेका छन् ।

जिल्ला जनस्वास्थ्य कार्यलय मकवानपुर अनुसार स्थानीय तह स्तरमै एन्टीजेन विधिबाट परीक्षण गर्दा थप १६ जनामा संक्रमण देखिएको हो ।

यो संगै मकवानपुरमा सक्रिय संक्रमितको संखया २ सय ९३ जना पुगेका छन् । जसमा २ सय ७८ जना होम आइसोलेसन,९ जना हेटौंडा अस्पतालको कोभिड ट्रिटमेन्ट वार्डमा र ६ जना हेटौंडा ६ स्थित गौरिटार आइसोलेसनमा उपचाररत रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*