भारतबाट आएका कोरोना संक्रमितको मृत्यु

बाइलाइन नेपाल
१६ बैशाख २०७८, बिहीबार १३:२८

राजविराज : भारतको दिल्लीबाट एक साताअघि घर आएका कोरोना संक्रमित युवकको बिहीबार मृत्यु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररका क्रममा सप्तरीको अग्नीसाइर कृष्णसवरण गाउँपालिका–५ का २४ वर्षीय संक्रमित युवकको विहान मृत्यु भएको वडा अध्यक्ष श्रीप्रसाद यादवले जानकारी दिए ।

दिल्लीबाट बिरामी भई घर फर्किएका युवकले राजविराज र विराटनगरमा उपचार गराएका थिए । बिरामी निको हुनुको साटो श्वासप्रश्वासमा समस्या देखिएपछि उनी गत सोमबार धरानस्थित प्रतिष्ठान भर्ना भएका थिए ।

धरानमा परीक्षणका क्रममा कोभिड–१९ को संक्रमण पत्ता लागेको थियो । शवलाई गाउँमै ल्याई भर्खरै गाडिसकिएको गाउँपालिका अध्यक्ष परशुराम चौधरीले बताए । कोरोना संक्रमण पत्ता लागेपछि उनको परिवारका सदस्य र सम्पर्कमा रहेका व्यक्तिलाई तत्काल घर बाहिर ननिस्किन र अन्य व्यक्तिसँग सम्पर्क नगर्न आग्रह गरिएको वडा अध्यक्ष यादवले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*