कपिलवस्तुमा छोरीलाई बलात्कार गरेको आरोपमा बुवा पक्राउ

बाइलाइन नेपाल
१६ बैशाख २०७८, बिहीबार ११:०८

कपिलवस्तुको बुद्धभूमि नगरपालिका–३ स्थित घनचौराका ४० वर्षीय बुवाले छोरीलाई बलात्कार गरेका छन् । छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको छ ।

१६ वर्षीया छोरीले आफु बुवाबाट बलात्कारको शिकार भएको आरोप लगाएर ईलाका प्रहरी कार्यालय गोरुसिंङ्गेमा उजुर गरेकी छिन् । छोरीको उजुरीका आधारमा बुवालाई पक्राउ गरिएको गोरुसिङ्गेका इन्सपेक्टर लिलाराज आचार्यले रातोपाटीलाई बताए ।

गत फागुन र चैतमा छोरीलाई ति पुरुषले घरमै बलात्कार गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*