मकवानपुरमा नौ महिनामा घरेलु हिंसाका २१८ वटा घटना

बाइलाइन नेपाल
१५ बैशाख २०७८, बुधबार १७:५४

हेटौंडा । मकवानपुरमा चालु आर्थिक वर्षको ९ महिनामा २१८ वटा महिलामाथि हुने हिंसाका घटना दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार जिल्लामा २१८ वटा महिलामाथि हुने घरेलु हिंसाका घटना र १०५ वटा अन्य प्रकृतिका हिंसाका घटना दर्ता भएका छन् ।

घरेलु हिंसाका घटनामा १३६ वटाको मिलापत्र गरिएको छ भने ४० वटा घटनामा अदालतसम्म पुगेको देखिन्छ । साथै ४२ वटा घटनाको छिनोफानो हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरको महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र शाखाले जनाएको छ । यस्तै, अन्य प्रकृतिका महिला हिंसाका १०५ घटनामध्ये १२ वटा घटना फर्यौट लगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको साउनमा २१ वटा, भदौमा १४ वटा, असोजमा २३ वटा, कार्तिकमा १४ वटा, मंसिरमा २६ वटा, पुसमा २३ वटा,माघमा २५ वटा, फागुनमा २८ वटा र चैतमा ४४ वटा घरेलु हिंसाका घटना भएको छ ।

गत आर्थिक वर्षमा जम्मा २७६ वटा घरेलु हिंसाका घटना दर्ता भएकामा २०४ वटा घटना फर्योट भएका छन् भने ४६ वटा घटना अदालतसम्म पुगेका छन्, साथै २६ घटनाको छिनोफानो हुन बाकी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । त्यस्तै आर्थिक वर्ष २०७५/०७६ मा घरेलु हिंसाका घटनाका घटना ह्वातै बढ्यको देखिन्छ । आर्थिक वर्ष २०७५/०७६ मा कुल ४१७ वटा घरेलु हिंसाका घटना दर्ता भएकामा २६६ वटा घटना फर्योट भएका छन् भने ८५ वटा घटना अदालतसम्म पुगेका छन्, साथै ६६ घटनाको छिनोफानो हुन रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*