राष्ट्रियसभा सांसद चन्द्रबहादुर खड्का पदमुक्त
काठमाडौं । राष्ट्रियसभा संसद चन्द्रबहादुर खड्का पदमुक्त भएका छन् । राष्ट्रियसभा सचिवालयले बुधबार उनलाई नेकपा माओवादी केन्द्रले कारबाही गरेको सूचना जारी गरेसँगै उनी पदमुक्त भएका हुन् ।
माओवादीले यही वैशाख १० गते खड्कालाई कारबाही गरिएको पत्र संसद् सचिवालयमा दर्ता गराएको थियो । खड्का लुम्बिनी प्रदेशबाट निर्वाचित भएका थिए ।
संसद् सचिवालयले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३५ को उपदफा (२) तथा राष्ट्रियसभा नियमावली, २०७५ को नियम १८६ को उपनियम (२) बमोजिम सूचना टाँस गरेको हो । राष्ट्रियसभा अधिवेशन चालु नभएकाले सचिवालयले सूचना निकालेको छ ।

बाइलाइन नेपाल











