चितवनमा भोलिदेखि दुई साता निषेधाज्ञा

बाइलाइन नेपाल
१५ बैशाख २०७८, बुधबार १६:१०

चितवन । चितवनमा कोरोना संक्रमण रोकथामका लागि भोलिदेखि १५ दिनसम्म निषेधाज्ञा हुने भएको छ । बुधबार जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीएमसी) को बैठकले भोलि राति १२ बजेदेखि ३१ वैशाखसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र चितवनका संयोजक एवं प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो ।

चितवनमा पछिल्लो समय कोरोना संक्रमण बढ्दो छ । जिल्लामा हालसम्म सक्रिय संक्रमित संख्या ५८५ पुगेको जिल्ला स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*