भारतीय रुपैयाँसहित भारतीय नागरिक पक्राउ

बाइलाइन नेपाल
१५ बैशाख २०७८, बुधबार १२:४६

मोरङ विराटनगर महानगरपालिका–१६ दरैयाबाट भारतीय रुपैयाँसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । प्रहरीले BR 38 T 3410 नम्बरको मोटरसाइकलमा सवार भारतको अररिया बस्ने २२ वर्षीय रुपेश ठाकुरलाई विराटनगर आउँदै गरेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता मानबहादुर राईले बताए ।

प्रहरीले ठाकुरको साथबाट भारतीय रुपियाँ ५०० दरका ७७ थान र नेपाली रुपैयाँ १००० का २६ थान, ५०० को ४० थान , १०० को ६ थान र १० को एक थान गरी ४६ हजार ६ सय १० रुपैयाँ बरामद गरेको छ । प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*