मकवानपुरमा आज ३८ जनालाई कोरोना संक्रमण पुष्टि (स्थान सहित)
बाइलाइन नेपाल१४ बैशाख २०७८, मंगलवार १६:४०
हेटौँडा । मकवानपुरमा आज ३८ जनामा कोभिड–१९ (कोरोना भाईरस) संक्रामण पुष्टि भएको छ । आज पुष्टि हुनेहरुमा हेटौँडा उपमहानगरपालिका ३६ जना, मकवानपुरगढी गाउपालिकाको १ जना र हेटौँडा बसोबास गर्ने बाराका एकजना रहेका कोभिड–१९ का फोकल पर्सन जनस्वास्थ्य अधिकृत भोलाप्रसाद चौँलागाईले बताए ।













