तीन काेराेना सङ्क्रमितको मृत्यु
काठमाडाैं, पाेखरा र गाेरखामा एक/एक जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ। काठमाडाैंमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा ५० वर्षीय एक पुरुषकाे मंगलबार मृत्यु भएकाे छ।
यस्तै स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक एवं गण्डकी कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार तनहुँको शुक्लागण्डकी नगरपालिका–९ का ८३ वर्षीय पुरुषकाे मृत्यु भएकाे छ। उनको सोमबार राती करिब साढे ११ बजे समयमा उपचारको क्रममा मेडिप्लस अस्पतालमा मृत्यु भएको हो।
वैशाख ८ गते सङ्क्रमण पुष्टि भएका ती पुरुषमा मुटु सम्बन्धी रोग र निमोनियाको समेत समस्या रहेको पाइएको छ। यस्तै गोरखामा एक जना ६७ वर्षीया महिलाको मृत्यु भएको छ। ती महिला पालुङटार नगरपालिका– ५ की हुन्।
सोमबार मात्र सङ्क्रमणको पुष्टि भएपछि उनलाई उपचार थालिएको थियो। सङ्क्रमण पुष्टि भएकै भोलिपल्ट मंगलबार उनको मृत्यु भएको हो। याे सँगै गण्डकी देशमा कोरोना संक्रमणबाट मृत्यु भएकाहरूको सङ्ख्या दुई सय १७ पुगेको छ।

बाइलाइन नेपाल











