सुर्खेतमा कोरोनाबाट ७६ वर्षीय पुरुषको मृत्यु

बाइलाइन नेपाल
१४ बैशाख २०७८, मंगलवार १३:१९

सुर्खेतमा कोरोनाभाइरस (कोभिड–१९)को संक्रमणबाट ७६ वर्षीय एक पुरुषको मृत्यु भएको छ । आज बिहान उपचारका क्रममा ती पुरुषको मृत्यु भएको हो । दीर्घरोगबाट ग्रसित ती पुरुष आइतबार राति प्रदेश अस्पताल कालागाउँमा भर्ना भएका थिए ।
सोमबार कोरोना परीक्षण गर्दा उनमा कोरोना संक्रमण भएको पुष्टि भएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ।

निर्देशनालयका सूचना अधिकारी नोद नारायण चौधरीले भने,‘ स्वास्थ्यमा सुधार नआएपछि आज बिहान ५ः२० बजेतिर मृत्यु भएको हो ।’ ती पुरुष जुम्ला तिला गाउँपालिका–२ घर भइ हाल सुर्खेतस्थित वीरेन्द्रनगरमा बस्दै आएका थिए ।
यो सँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*