हेटौंडामा माक्स नलगाई हिड्ने २३ जनालाई जरिवाना

बाइलाइन नेपाल
१३ बैशाख २०७८, सोमबार १४:०८

हेटौंडा । कोरोना भाइरस संक्रमणको दोस्रो लहर तिव्ररुपमा फैलिँदै गएसँगै हेटौंडामामा प्रहरीले थप कडाइ गर्न सुरु गरेको छ ।

सोमबार हेटौंडा बजारक्षेत्रमा विना माक्स हिडने २३ जनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी उपरीक्षक समेतको चेकिङ टोलिले रु १०० को दरले जरिवाना गरेको छ ।

साथै हेटौडा बजार क्षेत्रमा जोर बिजोर प्रणली उल्लङ्घन गर्ने ५५ वटा मोटरसाइकल, अटो ७ वटा, ५ वटा म्याजिक र १ वटा मयुरीलाई रु १०० को दरले जरिवाना गरेको जिल्ला प्हरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता अविनाश अधिकारीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*