झाडापखालाबाट एकै परिवारका दुई बालिकाको मृत्यु

बाइलाइन नेपाल
१३ बैशाख २०७८, सोमबार १२:०९

दाङको राजपुर गाउँपालिका–६ मा झाडापखालाबाट एकै परिवारका दुई बालिकाको मृत्यु भएको छ । प्रेम बुढाकी छोरीहरू १३ वर्षीय विनिता बुढा र ११ वर्षीय रिता बुढाको झाडापखालाका कारण मृत्यु भएको दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दले जानकारी दिए ।

उनीहरुले शनिबार दिउँसो स्थानीय खोलामा माछा मारेर ल्याएका थिए । साँझ माछा पकाएर खाएका उनीहरुलाई रातिदेखि झाडापखाला लागेको थियो । आइतबार उपचारकै क्रममा उनीहरुको मृत्यु भएको बताइएको छ ।

प्रहरी प्रमुख चन्दका अनुसार उनीहरुको शव परीक्षणका लागि लमही अस्पतालमा पठाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*