सरकार ढाल्ने प्रयासलाई काँग्रेसले जारी राख्ने, भोलिको केन्द्रीय समिति स्थगित

बाइलाइन नेपाल
१२ बैशाख २०७८, आईतवार १७:३८

नेपाली काँग्रेसले केपी ओली नेतृत्वको सरकार ढालेर नयाँ सरकार बनाउने प्रयासलाई जारी राख्ने भएको छ । काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले ओली सरकारको विकल्प खोज्न पार्टीले गर्दै आएको प्रयासलाई जारी राख्ने निर्णय भएको नेता अर्जुन नरसिंह केसीले जानकारी दिए ।

बैठकमा ओली सरकारको विकल्प दिनका लागि काँग्रेसको नेतृत्वमा हुँदै आएको पहल र छलफल सकारात्मक दिशातिर अघि बढेको निष्कर्ष निकालिएको छ ।

काँग्रेसले नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय लिएपछि माओवादीसहितका दलहरूसँग संवाद गर्दै आएको छ । सोहीअनुसार पटक पटक माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जसपासँग पनि छलफल भएको छ । काँग्रेसले ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याउनका लागि हस्ताक्षर अभियान समेत चलाएको छ । सो अभियानले छिट्टै पूर्णता पाउने नेताहरुले बताउँदै आएका छन् ।

यस्तै पदाधिकारी बैठकले भोलिका लागि तय भएको केन्द्रीय समिति बैठक स्थगित गरेको छ । भोलि सोमबार केन्द्रीय सदस्यहरुको कोभिड परीक्षण गर्ने र मंगलबार बैठक बस्ने केसीले जानकारी दिए ।
बैठकमा अन्य पार्टीबाट काँग्रेस प्रवेश गर्नेहरुको उचित व्यवस्थापन गर्ने, विदेशमा रहेका पार्टीको महाधिवेशनका मतदातालाई अब समावेश नगर्नेलगायतका विषयमा पनि छलफल भएको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*