सर्लाहीमा कोरोनाबाट एक युवकको मृत्यु

बाइलाइन नेपाल
१२ बैशाख २०७८, आईतवार १३:३६

सर्लाहीमा कोरोनाभाइरस संक्रमणबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा रामनगर गाउँपालिका वडा नम्बर ५ स्थित बिर्ताका ३२ वर्षीय इन्द्रजीत राय रहेका छन् । उनलाई उपचारका लागि काठमाडौँ लैजाने क्रममा शनिबार बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए ।

गत वैशाख १० गते बिरामी भएका रायलाई उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्ज लगिएको थियो । उपचारकै क्रममा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो भने उनलाई श्वासप्रश्वासमा समस्या भएपछि थप उपचारको लागि काठमाडौं लग्दै गर्दा बाटोमै मृत्यु भएको हो ।

शवलाई नेपाल प्रहरीको समन्वयमा नेपाली सेनाको टोलीले रामनगर गाउँपालिका वडा नम्बर ५ स्थित बिर्ताटोलमा रहेको कुलोको छेउमा व्यवस्थापन गरेको सर्लाही प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*