एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा जारी

बाइलाइन नेपाल
१२ बैशाख २०७८, आईतवार १३:०६

काठमाडौँ– प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाएको एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा जारी छ । बिहान साढे १० बजे बोलाइएपनि निर्धारित समयभन्दा केही ढिलो गरी बैठक शुरू भएको हो ।

यसअघि शुक्रबार बसेको आयोजक कमिटीको बैठकले कर्णालीमा फ्लोर क्रस गर्ने चार जना सांसदलाई पार्टीबाट निष्कासन गरेको थियो भने २६५ जना केन्द्रीय नेताहरुको कार्यविभाजन गरेको थियो । बैठकले झलनाथ खनाल र माधव नेपाल पक्षलाई अलग राखेर पार्टीको स्थायी समिति गठन गरिएको थियो ।

यसैबीच बालुवाटार बैठकमा कालो मास्क निषेध गरिएको छ ।

बैठकमा सहभागी सदस्य तथा समाचार संकलनका लागि पुगेका सञ्चारकर्मीलाई कालो मास्क नलगाउन भनिएको छ । कालो मास्क लगाएका सञ्चारकर्मीलाई बैठक कक्षमा फोटो तथा भिडियो खिच्नका लागि प्रवेश दिइएको छैन । यस्तै बैठकको फोटो मोबाइलबाट खिच्न पनि रोक लगाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*