विद्यार्थीलाई खोपको व्यवस्था गर्न माग

बाइलाइन नेपाल
१२ बैशाख २०७८, आईतवार १३:०१
फाइल तस्वीर

काठमाडौँ– देशभरका विद्याथीलाई जतिसक्दो कोभिड खोपको व्यवस्था गर्न माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का अध्यक्ष रन्जित तामाङले माग राखेका छन् । शनिबार कैलालीको अत्तरियामा बसेको सुदुरपश्चिम प्रदेशको बैठकमा उनले यस्तो माग राखेका हुन् ।

बैठकको प्रमुख अतिथिका रुपमा सहभागी भएका तामाङले मुलुक कोभिड आक्रान्त भएको बेला सरकार आफ्नो आयुको लम्याउन याचना गरिरहेको बताए । उनले भने, ‘देशका सिमा नाका असुरक्षित छन्, सीमा लक गरिएको छैन, यसले गर्दा सुदुरपश्चिमसहित देशभरका नागरिकको सुरक्षा जोखिममा परेको छ ।’

देशभर दुई महिने संगठन सुदृढीकरण अभियान घोषणा गरेको क्रान्तिकरीले सातवटै प्रदेशमा भेला बैठकलाई तिब्रता दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*