कैलालीबाट बलात्कार आरोपमा एकजना पुरुष पक्राउ

बाइलाइन नेपाल
१२ बैशाख २०७८, आईतवार १२:५५
Stop abusing boy violence. child bondage in angle image blur , Human Rights Day concept.

जबरजस्ती करणी गरेको आरोपमा कैलालीको लम्कीचुहा नगरपालिका–१ बाट प्रहरीले एकजना पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लम्कीचुहा–१ झुङ्गा बस्ने ४६ वर्षीय राम बहादुर चौधरी छन् ।

ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको टोलीले गएराती उनलाई पक्राउ गरेको हो । चौधरीमाथि ३६ वर्षीय महिलालाई बलात्कार गरेको आरोप छ । जिल्ला प्रहरी कार्यालय कैलालीले घटनाबारे अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*