माओवादीको आरोप लगाउँदै १६ संगठनमाथि प्रतिबन्ध

बाइलाइन नेपाल
११ बैशाख २०७८, शनिबार १५:२१

भारतको तेलंगाना राज्य सरकारले प्रतिबन्धित कम्युनिष्ट पार्टी अफ इन्डिया (माओवादी) को मोर्चा भएको आरोप लगाउँदै १६ नयाँ संगठनहरुलाई गैरकानूनी घोषित गरेको छ ।  राज्य सरकारले ३० मार्चदेखि एक वर्षसम्मका लागि लागु हुनेगरी यी संगठनलाई गैरकानूनी घोषित गर्न आदेश जारी गरेको हो, यद्यपी यो आदेश भने शुक्रबारमात्रै सार्वजनिक गरियो ।

गैरकानूनी घोषित गरिएका संगठनहरुमा तेलंगाना प्रजा फ्रन्ट, तेलंगाना असंगठितकर्मीको संख्या, तेलंगाना विद्यार्थी वेदिका, डेमोक्रेटिक स्टुडेन्ट अर्गनाइजेशन, तेलंगाना विद्यार्थी संगठन, आदिवासी छात्र, राजनीतिक कैदीहरुको रिहाईका लागि समिति, फोरम अगेन्स्ट हिन्दू फासिज्म अफेन्सिव, सिविल लिबर्टिक कमिटी, अमरुला बन्धु मिठरुला संघम, चैतन्य महिला संघ, क्रान्तिकारी लेखक संघलगायत छन् ।

यी संगठनले हिंसालाई बढावा दिने गरेकाले प्रतिबन्ध लगाउनुपरेको सरकारी आदेशमा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*