कोरोना भाइरसले सिजर्ना गरेको संकट अन्त्य गर्न प्रदेश सरकार लागिरहेको छ : मुख्यमन्त्री शाही

बाइलाइन नेपाल
११ बैशाख २०७८, शनिबार १५:१०

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोना भाइरसले प्रदेशमा सिर्जना गरेको संकट अन्त्यका लागि लागिरहेको बताएकका छन् । लोकतन्त्र दिव–२०७८ को शुभकामना सन्देश दिँदै शाहीले प्रदेश सरकारले कोरोना व्यवस्थापन तथा न्युनिकरणका लागि निकै महत्वपुर्ण काम गरेकाले यो परिस्थितिबाट निराशन नहुन तथा धैर्य गर्न प्रदेशबासीलाई शाहीले आग्रह समेत गरे ।

‘गत वर्षदेखि शुरु भएको कोरोना भाइरस (कोभिड–१९)को महामारी नयाँ स्वरुपमा थप आक्रामकता सहित आएको छ,’ शाहीले भने, ‘सम्भावित जोखिम रोकथामकालागि नेपाल सरकार, प्रदेश सरकार र स्थानीयतहले गरेका प्रयासलाई सबै नागरिकहरुले आ–आफ्नो तर्फबाट सक्दो सहयोग गर्नुहुन तथा भौतिक दूरी कायम गर्न र स्वास्थ्य सावधानीका उपायहरु अवलम्बन गर्नुहुन अनुरोध गर्दछु ।’

लोकतन्त्र दिवसलाई यस वर्ष भौतिक दूरी कायम राख्दै सरकारी कार्यालय तथा आ–आफनो घरमा दिपावली लगायतका कार्यक्रमहरु गरी मनाउन शाहीदे आग्रह गरे ।

मुख्यमन्त्री शाहीले दिएको शुभकामना शन्देशमा भनिएको छ ,‘ १५औं लोकतन्त्र दिवसको अवसरमा कर्णाली प्रदेशवासी दाजुभाइ, दिदीबहिनीहरु एवं समस्त नेपालीमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । जहाँनिया राजतन्त्रको अन्त र गणतन्त्रको स्थापनाका लागि जनयुद्धलडिरहेको तत्कालीन नेकपा(माओवादी) र सात राजनीतिक दलबीचको १२ बँदे सहमतिको जगमा उठेको २०६२÷०६३को ऐतिहासिक जनआन्दोलनका अगाडिवैशाख ११ गते आजैका दिन निरंकुश राजतन्त्रले घुँडा टेकेको थियो ।’

साथै शाहीले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापनाको लागि ऐतिहासिकजनयुद्ध, जनआन्दोलन र विभिन्न संघर्षकाक्रममा बेपत्ता, घाइते तथा अपांगता भएका योद्धाहरु प्रति उच्च सम्मान व्यक्त गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*