धरहरा ढलेर ज्यान गुमाउनेको परिवारलाई रोजगारी दिने प्रधानमन्त्रीको घोषणा
बाइलाइन नेपाल११ बैशाख २०७८, शनिबार १३:२१
शनिबार धरहरा उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले धरहरा क्षेत्रमा उपलब्ध हुने रोजगारीमा मृतकका परिवारलाई प्राथमिकता दिने बताएका हुन् ।
उनले परिवारका एक जनालाई प्राथमिकताका साथ रोजगारी उपलब्ध गराइने घोषणा गरे । उनले धरहरामा क्षेत्रमा काम नपाउनेलाई अर्को क्षेत्रमा पहल गरिने पनि बताए ।













