हेटौंडामा निजि तथा सार्वजनिक सवारीमा जोर विजोर प्रणाली लागू हुँदै,जिल्लाका पार्क तथा पिकनिक स्पोट बन्द गरिने
हेटौंडा । मकवानपुरको हेटौंडामा आईतबारबाट निजि तथा सार्वजनिक सवारीहरुमा जोर विजोर प्रणाली लागू गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणको न्युनिकरणका लागि आइतबारबाट हेटौंडामा निजि तथा सार्वजनिक सवारीहरुमा जोर विजोर प्रणाली लागू गर्ने तयारी गरेको सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले खबरब्रेकलाई जानकारी दिए । उनका अनुसार हेटौंडा उपमहानगरपालिका भित्र चल्ने निजि तथा सार्वजनिक सवारी सबैमा जोर विजोर प्रणाली लागू हुनेछ ।
जिल्लाको हेटौंडामा कोरोना संक्रमण तिब्र रुपमा बढे संगै संक्रमण बढ्न नदिन उक्त निर्णय लिनु परेको सहायक प्रमुख जिल्ला अधिकारी शर्माको भनाई छ । उनका अनुसार आईतबारबाट मकवानपुर भरको पर्यटकीय क्षेत्रहरु पार्क तथा पिकनिक स्पोट समेत बन्द गर्ने निर्णय गरिएको छ । पार्क तथा पिकनिक स्पोटहरु बैशाख मसान्तसम्म बन्द गरिने बताईएको छ ।

बाइलाइन नेपाल











