काठमाडौँमा मात्र थपिए ९४० संक्रमित

बाइलाइन नेपाल
१० बैशाख २०७८, शुक्रबार १७:०८

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ९४० जना संक्रमति थपिएका छन् । यसमध्ये काठमाडौँमा ७६०, भक्तपुरमा ७४ तथा ललितपुरमा १०६ रहेको छ । काठमाडौँपछि बाँकेमा ३५४ तथा रुपन्देहीमा २२१ जना संक्रमित फेला परेका छन् ।

आज नेपालभरमा २५ सय ५९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । कूल ९ हजार ६६४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २४४९ तथा एन्टिजेन विधिबाट ११० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कूल संक्रमितको संख्या २ लाख ९४ हजार ६०१ पुगेको छ ।

यही अवधिमा थप ४१० जना निको भएका छन् । नेपालमा हालसम्म २ लाख ७६ हजार ७५५ जना निको भएका छन् । यही अवधिमा ५ जनाको मृत्यु भएको छ । नेपालमा कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १२२ पुगेको छ ।

नेपालमा सक्रिय संक्रमितको संख्या १४ हजार ७२४ रहेको छ । यसमध्ये ५२ जना आईसीयूमा १७० तथा ५९ जना भेन्टिलेटरमा रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*